Logo

गोलरक्षक यान सोमर चम्किदा बायर्न रोकियो



काठमाडौं,भदौ, १२ । गोलकिपर यान सोमरको उत्कृष्ट प्रदर्शनमा गर्दै १९ प्रहार विफल पारेपछी बोरुसिया मोन्चेनग्लाडबाचले जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिखलाई १-१ को बराबरीमा रोकेको छ ।

३४औं मिनेटमा साडियो मानेको गोलमा बायर्नले अग्रता लिएको थियो । तर भिएआरले सो गोललाई मान्यता दिएन ।

४३औं मिनेटमा मार्कुस थुरामले गरेको गोलमा मोन्चेनग्लाडबाचले अग्रता लिएको थियो । खेल सकिन ६ मिनेट बाँकी रहँदा लोरी सानेले बायर्नलाई खेलमा फर्काएका थिए ।

गोलरक्षक यानले उत्कृष्ट प्रदर्शन गरेपछी बायर्न अंक बाढ्न बाध्य भयो । शीर्ष स्थानको बायर्नको चार खेलमा १० अंक छ भने छैटौं स्थानको मोन्चेनग्लाडबाचेको समान खेलमा आठ अंक छ ।



प्रतिक्रिया दिनुहोस्