Logo

राप्रपाले राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको रुपमा अघि सार्छ : दीपकबहादुर सिंह (भिडिओसहित)



काठमाडौं, १२ भदौ । राप्रपाका प्रभावशाली नेता दीपकबहादुर सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुरबाट उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आफूलाई बच्चादेखि पाका जनताले चुनावमा उठ्नको लागि दबाब दिएको उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले यसअघि मकवानपुरबाट पटक पटक जितेर संसद्मा आएकाहरुले जनताको माग पूरा गर्न नसकेको गुनासो पोखे । उनले आगामी निर्वाचनमा आफूहरु पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने पनि घोषणा गरे । उनले परिवारको कसम खाँदै आफूले कसैसँग थापेर चुनाव नलडेको जिकिर गरे ।

आफ्नो नाममा कसैले ठगेर खाएको भए आफू त्यसबारेमा जानकार नभएको सुनाउँदै आफूले भने कसैसँग एक रुपैयाँ नलिएको सिंहको भनाई छ । उनले आफ्नो दलले कुनै विदेशीसँग पैसा सहयोग नलिएको र भविष्यमा पनि नलिने दाबी गरे । उनले जुन दिन राप्रपाले विभिन्न दूतावासबाट पैसा थाप्छ, त्यो दिन आफूले राप्रपा छोड्ने घोषणा गरे ।



प्रतिक्रिया दिनुहोस्