Logo

पिपुल्स पावर लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न, कसलाई कति पर्यो



काठमाडौं, १२ भदौ । आज पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १६ लाख ३१ हजार ३८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण १ हजार ६ सय ८ रद्ध भएका थिए ।

योग्य आवेदनहरु १५ लाख ५१ हजार ४ सय १३ वटा मध्येबाट २ लाख २९ हजार ४ सय ६८ जनालाई न्यूनतम १० कित्ता गरी २२,९४,६८० र २ जनालाई थप १ कित्ता गरी जम्मा २२,९४,६८२ कित्ता शेयर बाँडफाँड गरिएको छ ।

प्रभु क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकको अनुसार श्रावण ३१ गते देखि भाद्र ५ गते सम्म शेयर सार्वजनिक निष्काशन खुला गरिएको थियो ।

कूल शेयर २४ लाख ६७ हजार ४ सय कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख २३ हजार ३ सय ७० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ४९ हजार ३ सय ४८ कित्ता छुट्याई बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।

निष्काशनको करिब ७.३७ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्