काठमाडौं, १३ भदौ । मेगा क्यापिटलले तीजको अवसरमा नारी सशक्तिकरणका पोर्टफोलियो सेवामा छुट दिने भएको छ । यो छुटबाट नारीहरुले आत्मनिर्भरताका लागि शेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पु¥याउने विश्वास कम्पनीले लिएको छ ।
शेयर लगानी व्यवस्थापन सेवा पोर्टफोलियो व्यवस्थापन सेवा प्रदायक कम्पनीहरु मध्ये छोटो समयमा यस कम्पनीले गुणात्मक र परिमाणात्मक हिसावले आफूलाई अब्बल सावित गर्न सफल भएको दाबी छ ।
यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा नारी सशक्तिकरणका लागि यस क्यापिटलले छुट सहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान गर्ने छ । यसबाट नारीहरुले आत्मनिर्भरताका लागि शेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पु¥याउने विश्वास कम्पनीले राखेको छ ।
आफूले पर्याप्त समय दिन असमर्थ हुँदा वा शेयर बजार सम्बन्धी जानकारी तथा अनुभव नभएता पनि विशेषज्ञहरुबाट व्यवसायिक तवरले निःशुल्क लगानी व्यवस्थापन सेवा प्राप्त गर्न सक्ने जनाइएको छ ।
उक्त सेवा न्युनतम ३ लाख लगानीबाट आरम्भ गर्न सकिने तथा अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहनेछ । विशेषज्ञहरुबाट लगानी व्यवस्थापन सेवा प्रदान गरिने भएकोले यस सेवा सुरक्षित रहने सम्भावना उच्च छ । उक्त सेवा २०७९ भाद्र १२ गते देखी असोज १२ सम्म लागू हुनेछ । यस सेवामा ब्ःऋ पूर्ण रुपमा निशुल्क हुनेछ ।
इच्छिुक नारीहरुले उक्त सेवा सम्बन्धी विस्तृत विवरणका लागि ९८५१०६७५६८, ०१–५३६२७७२ वा सिधा मेगा क्यापिटल मार्केटस लिमिटेडमा सम्पर्क गर्न सक्नेछन् ।