Logo

दीपक खड्काको खुलासा : कांग्रेसले १६५ मा ९० सिट पाउने सहमति भएको छ (भिडिओसहित)



काठमाडौं, १४ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री दीपक खड्काले गठबन्धनले चाँडै सिट बाँडफाँड टुँगो लगाउने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बाहिर हेर्दा सिट बाँडफाँडमा कुरा नमिलेको जस्तो देखिएपनि भित्र कुरा मिलिसकेको सुनाए । उनले गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये ९० सिट पाउने खुलासा गरे।

यद्धपी उनले ९० सिटमा केही सिट तलमाथि गरेर भएपनि सहमति हुने स्पष्ट पारे । उनले गठबन्धन दलबीच सिट बाँडफाँडमा कुनै समस्या नरहेको जिकिर गरे । खड्काले अहिलेको गठबन्धन समयको माग भएको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्