Logo

चुनावपछि देउवा र प्रचण्ड नै आलोपालो प्रधानमन्त्री हुने अवसर सिर्जना भएको छ : देवेन्द्र पौडेल (भिडिओसहित)



काठमाडौं, १६ भदौ । शिक्षामन्त्री तथा नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता देवेन्द्र पौडेलले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्न कांग्रेस सभापति एवम् वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल दुवै जना सशक्त उम्मेद्धवार भएको बताएका छन् ।

उनले भने,‘उहाँहरु दुवै जना प्रधानमन्त्रीको लागि सशक्त र शक्तिशाली उम्मेद्धवार हो । प्रधानमन्त्रीको लागि अरु पनि पात्र हुनुहुन्छ । तर, पात्रले मात्रै हुँदैन्, परिस्थिति पनि चाहियो । अहिलेको राजनीति र परिस्थिति दुवैले देउवा र प्रचण्ड दुवैलाई आलोपालो प्रधानमन्त्री बन्ने अवसर छ ।’

अहिलेको राजनीति र परिस्थिति दुवैले देउवा र प्रचण्ड दुवैलाई आलोपालो प्रधानमन्त्री बन्ने अवसर छ ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्