ओखलढुंगा, १६ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद रामहरि खतिवडाले पार्टी जिताउनमा आफ्ना साथीहरुको पूर्ण सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । कांग्रेस सुनकोशी गाउँपालिकाद्धारा बुधवार आयोजित जनताको साथमा नेपाली काङ्ग्रेस अभियानको क्रममा पूर्वसांसद खतिवडाले सो धारणा व्यक्त गरेका हुन् । पार्टीको निति, कार्यक्रमलाई जनताहरु माझ पुर्याउन गठबन्धन गर्नुपर्ने उनले बताए ।
व्यक्तिगत वैमनश्यतालाई साइडमा राखी पार्टीगत हितका लागि मतदान गर्न उनले अनुरोध गरे । चुनाव जितेपछि सांसद सि। डि। ओ। ले मुलुङको बाटो हेर्न लाने र पिङ उद्घाटन गर्ने बाहेक केही काम नगरेको उनको आरोप थियो ।
उनले हरेक कार्यकर्ताले पार्टीको कारण र कांग्रेसको यो ठाउँ रहेको बुझ्नुपर्ने धारणा समेत व्यक्त गरे । ‘कार्यकर्ता नेतासंग रिसाउने अधिकार भएकोले तपाईंहरुमा छ । हामी नेताहरु सबै ठाउँमा पुग्न पाएनौ होला धेरै कमजोरी छ’, बाल्दै उनले भने, ‘कांग्रेससंग जतिसुकै रिस तित्तता भएनी ड्याम्म रुख चिन्हमा छाप लाएर आफ्नो रिसलाइ पोख्नु ।’ file photo/ReportersNepal