Logo

बैतडीमा बस दुर्घटना, रुखमा अड्किदा ठूलो क्षति हुनबाट जोगियो



बैतडी, भदौ १७ । बैतडीमा बस दुर्घटना भएको छ । महेन्द्रनगरबाट मेलौली तर्फ आइरहेको पवनदुत यातायातको ना ७ ख २५७० नम्बरको बस दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ नगरपालिका हरिचन मोडमा आज बिहान करीब ५ बजेतिर दुर्घटनामा परेको हो ।

सडकबाट करीब ४÷५ मिटर तल खसेको बस रुखमा अड्किएकाले मानवीय क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । कम्तीमा ४५ जना सवार बसमा सबै यात्रु सकुशल रहेका छन्



प्रतिक्रिया दिनुहोस्