Logo

इन्धनको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरुको प्रदर्शन



काठमाडौं, १७ भदौ । नेकपा क्रान्तिकारी माओवादी र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन पेट्रोलियम पदार्थको मुल्य वृद्धिविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

दुई विद्यार्थी संगठनले संयुक्त रुपमा इन्धनको मूल्य वृद्धिविरुद्ध टेकु आयल निगम अगाडि विरोध जनाएका हुन् ।

अखिल क्रान्तिकारीको केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल र नेकपा बहुमत निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष विरेन्द्र शाहले कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।

Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्