Logo

राष्ट्रपतिले नागरिकता विधेयकलाई अड्काएर राख्न सक्नुहुन्नः एमाले नेता



काठमाडौं, १८ भदौ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग नागरिकता विधेयकमा स्वविवेकीय अधिकार नहुने बताएका छन् ।
“संविधानको संरक्षक र राष्ट्रको अभिभावकले हिसाबले अब राष्ट्रपतिज्यूसँग नागरिकता विधेयकमा स्वविवेकीय अधिकार छैन । राष्ट्रपतिले परामर्श केही समय हेर्न त सक्नु होला । संविधानमा १५ दिनभित्र प्रमाणीकरण गरिसक्नुपर्ने उल्लेख छ । अब प्रमाणीकरण गर्नुको विकल्प छैन । उहाँले नागरिकता विधेयक अड्काएर राख्न सक्नुहुन्न,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने ।
एमाले नेता तामाङले राष्ट्रपतिले राजीनामा दिने कुरा हल्लामात्र भएको पनि बताए । उनले भने, “संसदीय व्यवस्था भनेको गणितको खेल हो । बहुमतले पास गर्छ, अल्पमतले विरोध गर्छ । राष्ट्रपतिले राजीनामा दिने कुरा अनावश्यक चर्चा हो । राष्ट्रपतिको पदीय गरिमालाई हामीले बुझेनौं ।”
निर्वाचन घोषणा भएपछि मुलुकका निम्ति संवेदनशील विधेयक फास्ट ट्रयाकमा पास गरिएको आरोप पनि उनले लगाए । तामाङले भने, “निर्वाचन घोषणा भएपछि कोमामा गएको संसद्लाई एक्टिभ राख्न मिल्दैन ।” जन्मसिद्धलाई नागरिकता दिने कुरामा आफ्नो पार्टीको कुनै विरोध नभएको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्