काठमाडौं, १८ भदौ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पदको दुरुपयोग गरेका छन् । उनले ठगी मुद्दामा फरार रहेका एक आरोपीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाट भगाएको पाईएको छ ।
दुबईबाट काठमाडौँ आएका सुनसरी घर भएका ३० वर्षीय रिजवान आलमलाई अध्यक्ष अन्सारीले भीआईपी कक्षबाट आफैँले रिसिभ गरेर बाहिर ल्याएर भगाएका थिए । तर, उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो राति नै काठमाडौंको नक्सालमा रहेको मेरियट होटलबाट ती अभियुक्तलाई पक्राउ गरेको छ ।
आयोगका अध्यक्ष अन्सारी पछिल्लो समय विवादमा मुछिँदै गएका छन् । यसअघि गत बैशाखको स्थानीय तहको निर्वाचनको क्रममा उनी धनुषामा राजनीतिक चलखेल गर्न गएको आरोपमा विवादमा मुछिएका थिए । उनलाई एमाले कार्यकर्ताहरुले होटेलमै आक्रमण गर्न खोजेका थिए । file photo