Logo

लिगर फ्लप भएपछि रकम फिर्ता गर्ने विजयको घोषणा



एजेन्सी, १९ भदौ । बलिउड अभिनेता विजय देवरकोंडाले निर्मातालाई ६ करोड फिर्ता गर्ने घोषणा गरेका छन । लिगर रिलिज भएको १० दिन बितिसकेको छ र फिल्मले अहिले बक्स अफिसमा खासै कमाई गर्न सकेको छैन ।

लिगर फ्लप भएपछि निर्मातालाई धेरै नोक्सान भएको छ, अब विजय देवरकोंडाले त्यसको पूर्ति गर्न ठूलो घोषणा गरेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

‘अर्जुन रेड्डी’ स्टारले बहिष्कार गर्नेहरुलाई मेरो फिल्म मन पर्दैन भने हेर्न नआउनुहोस भन्दै सीधा चुनौती दिएका थिए । यहीँ कुरोले विजयको लागि समस्या निम्त्याइरहेको छ।

बलिउड हंगामाको रिपोर्ट अनुसार यो फिल्म १०० करोडभन्दा बढीको बजेटमा बनेको हो । तर, लिगरले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेनन् । अभिनेताले ठूलो घाटा बेहोरेका फिल्म निर्माताहरूलाई ६ करोड भन्दा बढी दिने निर्णय गरेका छन्। चार्मी कौर र अन्यको नोक्सानको लागि विजयले निर्मातालाई क्षतिपूर्ति दिने निर्णय गरेको खबर छ।

यसअघि पनि फिल्मका निर्माता पुरी जगन्नाथले लिगर फ्लपका कारण ठूलो नोक्सानी बेहोर्नु परेका वितरकलाई मुआब्जा दिने निर्णय गरेको खबर आएको थियो ।



प्रतिक्रिया दिनुहोस्