Logo

सी रणनीतिको भू-राजनीतिक पराकम्पन



विपिन देव: चिनियाँ राष्ट्रपति सी को राजनीतिक र कूटनीतिक नीतिको बारेमा अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री केविन रूङले अक्सफ्रोड विश्वविद्यालय शोध गर्दै विद्यावारिधी समेत गरेका छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेका रूङले चारवर्षे शोधमा चीनिया राष्ट्रपतिको राजनीतिक र कूटनीतिक प्रस्तावनाका वारेमा चिरफार गर्दै एक चर्चित किताव “एभोयाडयवल वार” समेत प्रकाशित गरेका छन् । पुस्तक सार्वजनिक हुन वितिकै विश्वका कहलिएका सञ्चार माध्यमहरूले पुस्तकको समीक्षा गरेका छन् । वास्तवमा रूङले चीनिया राष्ट्रपति सी अरू चीनिया राष्ट्रपतिहरू भन्दा पृथक र आक्रमक रहेको कुरा वस्तुपरक अध्ययनबाट सावित गर्न खोजेका छन् ।

सत्तरीको दशकमा निकस्न र हेनरी किसिनजर सोभियत रुसको नीतिबाट आक्रान्त थिए । सोभियत रुसको विकल्पमा एउटा शक्तिको खोजिमा रहेका निक्सन र किसिनजरले चीनसंग सुमधुरता बढाउ‘दै अमेरिका लगायत पश्चिमा शक्तिसंग साइनो बढाए । अमेरिका र यूरोपेली पू‘जी र प्रविधिलाई प्रचूर मात्रामा प्रयोग गर्दै चीन प्रगतिको धावक बन्न सफल भए । चीनको उदय र आधुनिकीकरणले गर्दा आसियानका मुलुकहरूले पनि प्रचुर मात्रामा लाभ लिदै विकासको वाटोमा अगाडि बढे । भूमण्डलीकरण र उदार व्यवस्थालाई आत्मसाथ गर्दै असीको दशकमा चीनिया राष्ट्रपति देङ्गले “हाइड योर सेट्रेन्थ” को नारा दिदै चीनलाई विश्व व्यापकसंग जोड्दै अभूतर्पूव विकास गर्न सफल भए । तर राष्ट्रपति सीको आगमनका साथ चीनिया नीति परिर्वतित भए । चीनमा सैनिक खर्च भन्दा बढि आन्तरिक सुरक्षामा बढि खर्च देखिन्छ । अर्थात् चीन आप्नो आन्तरिक व्यवस्थापन र उग्र राष्ट्रवादलाई अगाडी बढाउन उदवेलित देखिन्छ । तदनुरूप राष्ट्रपति सीले सन् २०४९ सम्म चीनको पूरानो भूगोललाई फेरि फ्र्रकाउन आक्रामक देखिन्छ । अर्थात् ताइवान, सिनज्याङ्गग हंगकङ्ग, तिब्वत र भारतका केहि भू-भाग (लदाक र अरुचाल) समेत पूर्ण रुपमा कब्जामा लिन चीन उद्वत देखिन्छ । सन् २०१३, २०१४, २०१७ र २०२२ मा भारत-चीन विच र्वोडरमा गतिरोध हुनुको पछाडि यही कारण देखिन्छ । आउ‘ने अक्टुवरमा चीनिया कम्युनिष्ट पार्टीको २० औं काङ्ग्रेस हुन गइरहेको छ । जानकारहरूको अनुसार उक्त विराट सम्मेलनबाट राष्ट्रपति सीले आप्mनो राष्ट्रपतिय कार्यकाललाई आजीवन बनाउ‘ने तयारीमा रहेको छ ।

चीनको सार्मथ्यलाई बढाउन एक गुरुयोजना अनुरुप सन् २०१५ देखि २०२७ सम्ममा चीनिया सैनिकलाई विश्वको सर्वशक्तिमान सैन्य बल बनाउने समेत राष्ट्रपति सी को उद्घोष रहेको छ । केविन रूङले आप्mनो पुस्तकमा चीनिया आक्रमकताको कारण अमेरिकी नीति समेत रहेका कुरा उल्लेख छ । सन् २०१७ मा अमेरिकाले आप्mनो सुरक्षा नीति सार्वजनिक गरेका थिए । उक्त दस्तावेजमा चीनलाई प्रधान शत्रुका रूपमा उल्लेख गरेका थिए । चीन र रसियाको गठजोड अमेरिकालाई पाच्य भएको छैन । साथ साथै राष्ट्रपति स् िर राष्ट्रपपति पुटीन आजीवन नेतृत्व लिन साम्यवादी संरचना र राज्यव्यवस्थालाई आप्mनो अनुरुप र अनुकुल बनाउ कुनै कसर बाकी राखेको छैन । यस अर्थमा राष्ट्रपति सी को प्रतिउत्तर दिन अमेरिका पनि पछि परेको छैन । “युक्रेन”को तनाबपछि विश्वको अर्को संकटको रुपमा ताइवान देखा परेको छ । जानकारहरूले राष्ट्रपति सी को ताइबान नीतिलाई सुक्ष्म रुपले व्याख्या गरेका छन् । भारतका सामरिक जानकार र हाल सिंगापुर विश्वविध्यालयका प्राध्यापक डा. राजमोहनले राष्ट्रपति सीको ताइवान नीतिलाई व्याख्या गरेका छन् । डा. राजमोहन अनुसार चीनले ताइवानमा आक्रमण गर्न वित्तिकै चीनिया अर्थतन्त्र ध्वस्त हुने संकेत गरेका छन् । चीनिया अर्थव्यवस्थाले अमेरिका र यूरोपको आर्थिक नाकाबन्दीलाई व्योर्हन सार्मथ्य नरहेको उनको जिकिर रहेको छ । चीनको अर्थव्यवस्था यूरोप र अमेरिकासंग जोडिएको छ । यस अर्थमा राष्ट्रपति सीले धम्कीको माध्यमबाट मात्र आप्mनो घरेलु नीतिलाई सम्वोधन गर्ने राजामोहनको तर्क रहेको छ । चीनले ताइवानको मुद्दामा अमेरिकासंग टक्कर लिएको छ भने पूर्वीय चाइना समुद्रमा जापानसंग समेत शत्रुतालाई बढाएको छ । “सिनकाकु टापु”मा चीनले आप्mनो दावी गरेको छ । जुन की जापानलाई मान्य छैन । जापान अमेरिका सुरक्षा घेरामा रहेकोले गर्दा जापानसंग भिड्न्त भएको खण्डमा अमेरिकाको समेत संलग्नता हुने निश्चित रहेको छ । केविन रूङले भर्खरै भारत यात्रा गरेका छन् । भारतका प्रमुख सञ्चार गृहमा समेत आप्mना अन्र्तवाता दिदै राष्ट्रपति सी को नीतिलाई सुत्रात्मक रुपमा व्याख्या गरेका छन् । केविन रूङले क्वार्ड (अमेरिका, भारत, अष्ट्रेलीया र अमेरिका)को संरचनाका कारण राष्ट्रपति सीको आक्रामक नीति रहेको उल्लेख गरेका छन् । साथ साथै अक्स (अष्ट्रेलीया, अमेरिका र बेलायत)को गठनको पछाडि पनि राष्ट्रपति सी को नीति नै रहेको उनको दावी छ ।

एक व्याख्यानमा उनले चीन र भारतको सम्बन्धलाई पनि आलोकित गरेका छन् । वर्तमान परिवेशमा चीनबाट लगानी पलायन भइरहेको छ भने चीनमा आर्थिक विकास दरमा समेत ह«ास देखिएको छ । चीनको विकास दर लगभग ३ प्रतिसत मात्र रहेको छ । चीनको रेशम मार्ग योजना (वि.आर.आए) ३ ट्रिलियन भएता पनि १ ट्रिलियन मात्र लगानी गर्न सकने चीनिया अर्थतन्त्रको सार्मथ्य रहेको छ । वि.आर.आए.को विरोध श्रीलङ्का देखि युगाण्डासम्म भइरहेको छ भने पाकिस्तानमा ८० विलियन अमेरिकी डलर चीनको लगानी भएता पनि पाकिस्तान आर्थिक दिवालीयापनको संघारमा रहेको छ । यस परिवेशमा चीनसंग सीमा जोडिएका १४ वटा मुलुकहरूसंग चीनको सम्बन्ध असामान्य रहेको छ । अर्को तर्पm मोदीको आगमनका साथै भारत पनि चीनसंग ऑखामा ऑखा जुधाएर अगाडि बढिरहेको छ । चीनसंग भारतको व्यापार १२० विलियन डलर भएता पनि भारत चीनको विकल्पको रुपमा पश्चिमा बजारलाई लिएको छ । भारतको आर्थिक आकार चीन भन्दा पॉच गुणा कम भएता पनि आर्थिक वृद्धिदर दुई गुणा भन्दा बढि रहेको छ । हुनत ८० को दशक भारत र चीनको प्रति व्यक्ति आय एक नाशको नै थियो । चीनमा सीको आक्रमक नीति, पूर्वाधारमा अधिक खर्च, प‘ूजी पलायन, युवा जनशक्तिको अभाव, र प्रजातान्त्रिक वातावरणको आभावले गर्दा चीन अब ओरालो लाग्न सक्ने कुरामा केविन रूङ ढुक्क भएका छन् ।

साथ साथै भारत आर्थिक विकासलाई निरन्तर राखेका खण्डमा चीनिया आक्रमकता मत्थर हुने जानकारहरूको बुझाई रहेको छ । भारतका पूर्व राजदुत श्याम शरण अनुसार सन् २००५ देखि सन् २००७ सम्म भारतको विकास दर ८ प्रतिसत भन्दा बढि भएको कारणले नै गर्दा चीनले सिकिम्म भारतको अभिन्न अङ्ग भएको कुरा अनुमोदन गरेका थिए । अर्को शब्दमा भन्ने हो भने भारत आर्थिक रुपमा फड्को मारेको खण्डमा मात्रै चीनको दवाव भारतमा कम हुने जानकारहरूको बुझाई रहेको छ । २० औं काङ्ग्रेसमा राष्ट्रपति सी को राजनीतिक दस्तावेजले विश्वको राजनैतिक दस्तावेजले विश्वको राजनैतिक र कूटनीतिक वातावरणलाई पक्कै नै प्रभावित गर्ने कुरालाई नजरअन्दाजी गर्न सकिदैन ।



प्रतिक्रिया दिनुहोस्