Logo

गुण्डा नाइके राजु गोर्खाली सिन्धुपाल्चोक–२ बाट प्रत्यक्षमा सिफारिस



काठमाडौं, २० भदौ । गुण्डाका नाइके राजेन्द्रबहादुर गोर्खाली प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् ।

उनी आगामी मंसिरमा हुने प्रतिनिधि सभाको चुनावको लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका हुन् ।

उनलाई नेपाली कांग्रेस जिल्ला समितिले बाग्मती प्रदेश र केन्द्रीय समितिलाई बुझाएको सुचीमा सिफारिसको दोस्रो नम्बरमा गोर्खालीको नाम रहेको छ। सिफारिस सुचीमा उनीसहित पाँच जना सिफारिस भएका छन् ।



प्रतिक्रिया दिनुहोस्