Logo

संसद्को आयु लम्ब्याउनेगरि कानून बनाउन खोज्नु लोकतन्त्रको लागि चिन्ताको विषय हो : डा. अयोधिप्रसाद यादव (भिडिओसहित)



काठमाडौं, २१ भदौ । पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संसद्को आयु लम्ब्याउनेगरि कानून बनाउन नहुने बताएका छन् । उनले यो लोकतन्त्रको लागि चिन्ताको विषय भएको टिप्पणी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘संसद्भित्रको अहिलेको जुन अवस्था छ, यसबारेमा सांसदहरुले बोल्नुपर्छ । राजेन्द्र लिङ्देनले राजीनामा दिनुभयो ।’ उनले निर्वाचनको लागि नोमिनेशन दिएपछि सबैको सांसद पद जाने स्पष्ट पारे । उनले निर्वाचन आयोगले अब यसबारेमा बोल्नुपर्नेमा जोड दिए ।

उनले संसद्को आयु लम्ब्याउने विषयबारे आफ्नो ठूलो विरोध रहेको सुनाए । उनले आफू आगामी निर्वाचनमा निर्वाचन नलड्ने स्पष्ट पारेका छन् । उनले आफू राष्ट्रियसभाको सदस्य बन्न पनि नचाहेको बताए । तर, आफूलाई नीति बनाउने ठाउँमा पुुर्याईए राम्रो काम गर्ने उनको भनाई छ ।

उनले अहिलेको अर्थ व्यवस्थालाई अघि बढाउनको लागि राम्रो भूमिका खेल्ने पनि विश्वास दिलाए । उनले निर्वाचन सफल रुपमा सम्पन्न गराउनको लागि सबैले बल दिनुपर्ने सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्