काठमाडौं, २१ भदौ । राष्ट्रियसभाले कारागार विधेयक २०७६ पारित गरेको छ। आज बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट पठाइएको उक्त विधेयक पारित गरेको हो ।
विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले मानव वेचविखन, भ्रष्टाचार, जन्मकैदको सजाय, तेजाब आक्रमण, जबरजस्ती करणी लगायतका २० वटा भन्दा बढी प्रकारको मुद्दामा कैद मिनाहा गर्न नमिल्ने बताए ।
सरकार ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीको मिनाहाको पक्षमा रहेको समेत उनले स्पष्ट पारे ।