Logo

कमल थापा नेतृत्वको राप्रपा नेपालको गाई चुनाव चिन्ह् नरहने



काठमाडौं, २१ भाद्र । कमल थापाको गाई चिन्ह लिएर चुनावी मैदानमा जाने योजना चकनाचुर भएको छ । थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिन्ह् नपाउने गरी सर्वोच्च अदालतले रिट नै खारेज गरिदिएको छ ।

थापाले गाई चिन्ह् दाबी गरी दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो । न्यायाधीशद्वय कुमार रेग्मी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो । अब थापाको दलले तीर चुनाव चिन्ह् लिएर चुनावमा जानुपर्ने भएको छ । उक्त चिन्ह निर्वाचन आयोगले दिएको हो ।



प्रतिक्रिया दिनुहोस्