काठमाडौं, २२ भदौ । साताको कारोबारको चौथो दिन शेयर बजारमा ११ अंकको गिरावट आएको छ । मंगलबार झिनो अंकले घटेको नेप्से परिसुचक आज ११ दशमलव ९७ अंकले घटेर १९३९ दशमलव ८८ विन्दुमा थामिएको हो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ७० अंकले घटेर ३७७ दशमलव ३८ विन्दुमा पुगेको हो ।
आज २२४ कम्पनीको ८२ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँ बराबरको २९ लाख ४३ हजार ७६९ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।