काठमाडौं, २२ भदौ । प्रहरीको नियन्त्रणमा रहेका कमेडियन अपुर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।
नेवाः समुदायको भावनामा आँच पुर्याएको आरोपमा पक्राउ परेका सिंहलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।
‘कमेडी क्याफे’ नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ हेडिङको सामाग्रीले नेवाः समुदायको भावनामा आँच आएको भन्दै विरोध जनाएपछि उनले भिडियो हटाएर सामाजिक सञ्जालबाट माफी समेत मागेका थिए ।
कमेडियन सिंहबिरुद्ध सम्पदा सरक्षण महाअभियानको नेतृत्वमा १०४ जनाको हस्ताक्षरसहित प्रहरी परिसर टेकुमा जाहेरी दिइएको होे । उनी गत भदौ १२ गते पक्राउ परेका थिए ।