Logo

अर्थमन्त्री शर्मा र ईन्जिनियर्स एशोसिएसनको टोलीबीच भेटवार्ता



काठमाडौैं, २३ भदौ । नेपाल ईन्जिनियर्स एशोसिएसन (नेइए) कार्यसमितिको टोलीले अर्थमन्त्री जनार्दन शर्मासँग औपचारिक भेटवार्ता गरेको छ । एशोसिएसनको टोलीले मन्त्री शर्मालाई इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्न लगायतका माग राख्दै ध्यानाकर्षण गराएका हुन् ।

नेइएले बिगत लामो समय देखि इन्जिनियरिङ समुदाय मात्रको हितमा नभइ सम्पुर्ण राष्ट्रकै हित हुने विषयहरुबारे राजनितिज्ञ तथा नीती निर्मातालाई अवगत गराउदै आएको छ ।

एसोसिएशनले मन्त्री शर्मासँगको भेटमा इन्जिनियरलाई छैठौं तहलाई सातौ तहको लागि आवश्यक पहल गर्न, प्रत्येक बर्ष साउन ३ गते इन्जिनियर दिवसलाई अन्य दिवस सरह मान्यता दिइ सरकारी सूचनामा अकींत गर्न आग्रह गरेका हुन् ।

त्यस्तै, नगरपालिकामा भवन नक्सा तथा डिपीआर बनाउने इन्जिनियर÷आर्किटेक्टहरुलाई परेको समस्याको बारेमा अवगत गराउदै समाधान गर्न पनि एसोसिएशनले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्