काठमाडौं, २३ भाद्र । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले कानूनी उपचारको सहयोगको आग्रह गरेका छन् । क्यानका पदाधिकारीसँगको टेलिफोन कुराकानीमा उनले सहयोगको आग्रह गरेका हुन् ।
राम्रो वकिल खोजिदिन लामिछानेले भनेका छन् । उनी क्यारेबियन कप खेलेपछि स्वदेश फर्कने भन्दै जमैकामै बसेका छन् । यता नेपाल प्रहरीले उनको खोजी जारी राखेको छ ।
सन्दीप स्वदेश फर्किएलगत्तै पक्राउ पर्नेछन् । उनीमाथि अनुसन्धान बढाउने तयारी भइसकेको छ ।
१७ वर्षीया नाबालिगले सन्दीपमाथि बलात्कारको आरोप लगाएकी छिन् । नाबालिगको परिवारले उजूरी गरेका छन् । ५ भाद्रको साँझ होटल छिरेर ६ भाद्रको विहान होटलबाट निस्किएको तथ्य खुलिसकेको छ ।
सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको नाबालिगकको आरोप छ । सन्दीपले भने निर्दोष दाबी गरेका छन् ।
नाबालिगकले चाहेपनि अब अनुसन्धान प्रभावित नहुने भएको छ । विगतमा नाबालिग आरोपबाट पछि हटेपनि अनुसन्धान रोकिएको थिएन ।