काठमाडौं, २३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाही आगामी मंसिरमा हुने चुनावका लागि जुम्लाबाट उम्मेदवार सिफारिस भएका छन् ।
मंसिर ४ गते हुने संघिय तथा प्रादेशीक निर्वाचनमा राप्रपा जिल्ला कार्य समिति, जुम्लाले प्रत्यक्षतर्फ शाहीलाई एकल उम्मेदवार सिफारिस गरेको हो ।
त्यस्तै, प्रत्यक्षतर्फ प्रदेश ‘क’मा अंगत प्रसाद देवकोटा र प्रदेश ‘ख’मा दिपचन्द्र चौलागाई सिफारिस भएका छन् ।
यसैगरी, समानुपातिक तर्फ प्रदेश ‘क’मा विजयालक्ष्मी अधिकारी, मनसुन सुनार, ललिता शाही,देविकृष्ण न्यौपाने र निर्माया बुढाको नाम सिफारिस गरिएको छ।
जुम्लामा २०७४ को निर्वाचनमा नेकपा माओावादी केन्द्रका गजेन्द्र महत निर्वाचित भएका थिए।