Logo

विकासप्रेमी कांग्रेस नेता होमराज चौलागाईंको नाम काभ्रे–२ ‘क’ बाट प्रत्यक्षमा सिफारिश



काठमाडौं, २३ भदौ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि दलहरु उम्मेदवार सिफारिशमा व्यस्त छन् । नेपाली कांग्रेसमा पनि धमाधम उम्मेदवार सिफारिश भैरहेको छ । काभ्रे क्षेत्र नम्बर २ ‘क’ बाट युवा नेता होमराज चौलागाईंको नाम प्रत्यक्षतर्फ सिफारिश भएको छ ।

नेता चौलागाईं समाजसेवीको रुपमा परिचित छन् । उनी सफल उद्यमीसमेत हुन् । उनको कामबाट नेतृत्व पनि प्रभावित छ । कांग्रेसको जनजनमा बस्न सफल नेता चौलागाईं कांग्रेस बाग्मती प्रदेशका सदस्य पनि हुन् । अहिले उनको नाम काभ्रे–२ को ‘क’ प्रत्यक्षतर्फ सिफारिश भएको छ । उनलाई प्रदेशसभामा लैजानको लागि उक्त क्षेत्रका जनताले नेतृत्वसमक्ष दबाब सिर्जना गरेका छन् ।

कोरोना महामारीको बेलामा उनले खेलेको भूमिका र विकासप्रतिको लगावको कारण उक्त क्षेत्रका जनताले उनलाई यसपटक सदनमा देख्न चाहेका छन् । देश तथा विदेश सयर गरेका चौलागाईं विभिन्न व्यवसायमा समेत संलग्न छन् । उनले नेतृत्व गरेका संस्थाहरुले हजारौंको संख्यामा रोजगारी सिर्जना गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्