काठमाडौं, २३ भदौ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनको लागि गठबन्धनमा सिटको भागबण्डा मिलाउने विषयले आफू तनावमा रहेको स्पष्ट पारेका छन् । आज (बिहीबार) सहिद सुरेश वाग्लेको स्मृतिमा काठमाडौंमा आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
दाहालले सो क्रममा आफूले नेपालको कम्युनिष्ट आन्दोलनलाई एक बनाउने काम गरेको दाबी गरे । आफूभन्दा अघि बोल्ने वक्ता ऋषि कट्टेलले आलोचना गरेपछि उनले यस्तो बताएका हुन् । उनले सुरेश वाग्ले एभरेज मानिस नभएको भन्दै फरक व्यक्तित्व भएको स्मरण गराए ।
https://www.facebook.com/prachanda.nepal/videos/848384599865798
उनले वाग्लेले पार्टीभित्र चल्ने बहस र अन्तरसंघर्षमा महत्वपूर्ण भूमिका खेलेको सुनाए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम