Logo

संसद्ले महाभियोग लगाउँछ भने राष्ट्रपतिले फेस गर्नुहुन्छः राजनीतिक सल्लाहकार



काठमाडौं, २४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले संविधानसँग बाझिएको नागरिकता विधेयक प्रमाणीकरण हुनै नसक्ने बताएका छन् । “राष्ट्रपतिले जे जे कुरामा सरोकार राख्नुभएको थियो, त्यसमा सुशासन समितिमा पनि छलफल भएन । संसद्मा छलफल भएन । संविधान र नागरिकता विधेयक बाझिएको कुरा नागरिक समाज, कानुन व्यवसायी, पूर्व सुरक्षा अधिकारीहरुले परामर्श दिइरहनुभएको छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. यादवले भने ।
संविधान संशोधन नभएसम्म राष्ट्रपतिले नागरिक विधेयक प्रमाणीकरण गर्न नहुने पनि उनको जिकिर छ । डा. यादवले भने, “राष्ट्रपति संविधानको संरक्षक र पालक हो । उहाँ संविधान बाहिर जाने ठाउँ छैन । राष्ट्रपतिले राजीनामा दिनुहुन्न । राजीनामा दिनुपर्ने कुनै कारण छैन । प्रमाणीकरण पनि गर्नहुन्न । बरु संसद्ले महाअभियोग लगाउँछ भने फेस गर्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्