Logo

पूर्वमन्त्री बलबहादुर केसीद्वारा सोलुखुम्बुबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने घोषणा



काठमाडौं, २४ भाद्र । पूर्वमन्त्री बलबहादुर केसी सोलुखुम्बुबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन् । उनले आगामी मंसिर ४ मा हुने निर्वाचनमा आफू पुनः प्रत्यक्षतर्फबाट नै सहभागी हुने स्पष्ट पारेका हुन् ।

आज सामाजिक सञ्जालमा केसीले आफू आमाको मृत्यु संस्कारको १३औं दिने काजकिरियामै रहेको बेला विरामी भई अस्पतालमा उपचारका क्रममा रहँदा कुनै सम्पर्क नगरी पार्टीको विधि विधान र केन्द्रीय परिपत्र विपरित उम्मेदवार सिफारिश गरिएको प्रचारलाई गलत भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्