Logo

नक्कली नागरिकता र प्रवेशपत्र बनाई अर्काको ट्रायल दिएपछि…



भक्तपुर, २४ भदौ । नक्कली नागरिकता र प्रवेशपत्र बनाई अर्काको ट्रायल दिने ५ जनालाई प्रहरीले पक्राउ परेको छ । मध्यपुर ठिमी नगरपलिका–५ राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र प्रवेश पत्र बनाई अन्य ब्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ परेका हुज्।

पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका–११ टाँडी ठेगाना भएका काठमाडौं चाबहिल बस्ने २० वर्षीय मनिष श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–४ ठेगाना भएका काठमाडौं तिनकुने बस्ने २० वर्षीय मनिष लामिछाने, कालिकोट महाबई गाउँपालिका–१ ठेगाना भई भक्तपुर कटुञ्जे बस्ने २४ वर्षीय ईन्द्र बहादुर शाही, सिन्धुली दुधौली नगरपालिका–१४ ठेगाना भएका २१ वर्षीय टुल्कु सिं तामाङ र गोरखा भिमसेनस्थान गाउँपालिका–१ ठेगाना भएका २२ वर्षीय राज कुमार श्रीमल रहेका छन् ।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई नक्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइल सहित पक्राउ गरेको जनाएको छ ।

उनीहरूमाथि लिखत सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्