Logo

ओलीले सुझाए तीन दिनमै विधेयक पारित हुने उपाय



काठमाडौं, २५ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकबारे मुख फोरेका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारको प्रश्नमा उनले नागरिकता विधेयकमा सत्ता पक्षले पाखुरा देखाउने काम गरेको आरोप लगाए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे दिएको सुझावलाई बेवास्ता गरेर सरकारले पाखुरा देखाइरहेको टिप्पणी गरे । नागरिकता विधेयक फिर्ता गरेर एक लाइन थपेमा तीन दिनमै पारित हुने बताए ।

‘नागरिकता विधेयक संशोधन गरेर जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता पाउनेछन् भन्ने विधेयकमा स्पष्ट रुपमा लेखे तीन दिनमै पारित हुन्छ,’ ओलीले भने । सरकारले नागरिकता विधेयक राकेर राख्ने रणनीति बनाएको आरोप लगाए ।

ओलीले चार जना नेता मिलेर देशमा लुटतन्त्र मच्चाएको आरोप लगाए । उनले नाम नलिई प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवतर्फ संकेत गरे । उनीहरुले नेतृत्व गरेको चारवटै दल सरकारमा छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्