काठमाडौं, २६ भदाै। लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का नेता जितेन्द्र साेनलले आफ्नाे पार्टी सम्मानजनक गठबन्धनकाे पक्षमा रहेकाे बताएका छन्।
‘हामीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पटकपटक भेटेर गठबन्धनका लागि पहल गर्याैं। तर सकारात्मक परिणाम आएन। कांग्रेसले हाम्राे धेरै समय खाइदियाे। अब नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा अाेलीबाट मजबुत प्रस्ताव आएकाे छ। हामी वैकल्पिक बाटाेमा लाग्छाैं,’ रेडियाे एनआरएनकाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साेनलले भने।
साेनलले हेपिएर, च्यापिएर गठबन्धन हुन नसक्ने स्पष्ट पारे। ‘हामी केही सिटका लागि भन्दा पनि बढीभन्दा बढी परिणाम दिने गठबन्धनका पक्षमा छाैं। जसबाट हाम्रा नेताकार्यकर्ताकाे एडजस्टमेन्ट हुन्छ। दुईचार सिट दिएर गठबन्धन हुँदैन। हेपिएर कसरी गठबन्धन हुन्छ?’ मधेसप प्रदेशमा आफ्नाे दल कमजाेर नभएकाे उनकाे दाबी छ।
साेनलले थपे, ‘२०७४ सालमा हामी मधेस प्रदेशका ३२ मध्ये १५ सिटमा लडेका थियाैं। ११ सिट जित्याैं। हामीले कसैसँग दान मागेका हाेइनाैं। सम्मानजनक तालमेल नभए एक्लै लड्न तयार छाैं।’ साथै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा लालमाेहर लगाउने विश्वास पनि व्यक्त गरे।