Logo

किन नेपाल आउँदैछन् चीनका शक्तिशाली नेता ली



काठमाडौं, २७ भाद्र । चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणमा आफ्ना विश्वासपात्र ली चान्सुलाई पठाएका छन् । रुसबाट मँगोलिया हुँदै चाटर्ड विमानमा ली काठमाडौं उत्रने तय भएको छ । भ्रमण दलमा ठूलो संख्यामा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरु हुने बुझिएको छ ।

ली चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समिटिको राष्ट्रिय जनँग्रेस अध्यक्ष हुन् । जुन चीनको सभामुख जस्तै पद हो । चिनियाँ नेताहरुमध्ये उनी तेस्रो वरियताका हुन् । यसकारण लीको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । नेपालमा चुनाव नजिकिदै गएको, कम्युनिस्ट पार्टीहरु फुटको अवस्थामा रहेको बेला ली नेपाल आउन लागेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको नेपालका कम्युनिस्ट पार्टीहरुसँग विशेष सम्बन्ध छ । तत्कालीन नेकपाको सीसीपीसँग संयुक्त प्रशिक्षण पनि भएको थियो ।

त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँढे ३ बजे उत्रिएपछि ली सोल्टी होटलमा जाने तय भएको छ । त्यसपछि उनी नयाँ बानेश्वरस्थित संसद भवनमा जाने र सबै दलका प्रमुख सचेतक र सचेतकका अलावा नेपाल चीनमैत्री संसदीय समूहका टोली सदस्यसँग भेट्ने कार्यक्रम छ । सोमबार नै सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् । रात्रीभोज सोल्टी होटलमा आयोजना गरिएको छ जहाँ ली बस्नेछन् ।

मंगलबार लीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गनेछन् । सोही दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग मंगलबार नै भेट तय भएको छ । सोही दिन दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् । बालुवाटारमा हुने भेट महत्वपूर्ण मानिएको छ ।

बुधबार दिउँसा राष्ट्रपति विद्यादेवी भण्डारीसँग लीको भेटवार्ता हुने तय भएको छ । बुधबार नै लीले चीनसँग निकटस्थ मानिएका कतिपय नेताहरुसँग भेट्ने बुझिएको छ । उनी बिहिबार विहान दक्षिण कोरिया प्रस्थान गर्नेछन् । लीसँग चीनका ६ जना मन्त्रीस्तरका अधिकारी समेत आउन लागेका छन् । चीनको तस्रो वरियताका नेता उच्च अधिकारीहरुसहित चुनावको मुखमा नेपाल आउनुलाई अर्थपूर्ण मानिएको छ । उनले ओली र प्रचण्डसँग गर्ने भेट महत्वपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्