Logo

लक्की शेर्पाको दाबी- ..एमालेलाई कसैले हराउन सक्दैन्



काठमाडौं, २७ भदौ । नेकपा (एमाले) की नेतृ तथा पूर्व राजदूत लक्की शेर्पाले आजको दिनमा कम्युनिष्ट पार्टीको नेतृत्व लिनसक्ने पार्टी नै एमाले रहेको दाबी गरेकी छिन् । सामाजिक सञ्जालमार्फत आफ्नो पछिल्लो धारणा सार्वजनिक गर्ने क्रममा नेतृ शेर्पाले यस्तो बताएकी हुन् ।

उनले कम्युनिष्ट आन्दोलनलाई जनताका माँझमा लैजानसक्ने पार्टीको रुपमा एमाले अघि बढिरहेको र यसको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गरिरहेको पनि उल्लेख गरेकी छिन् । उनले ओलीको विचार भीजनलाई सबै पार्टी पँक्तिले हातेमालो गरेर अघि बढेको खण्डमा एमालेलार्य कसैले पनि हराउन नसक्ने दाबी गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘आजको दिनमा कम्युनिष्ट पार्टीहरुको नेतृत्व लिनसक्ने पार्टी नै एमाले हो । कम्युनिष्ट आन्दोलनलाई जनताका माझमा लैजान सक्ने पार्टीका रुपमा अध्यक्ष ओलीको नेतृत्वमा एमाले अघि बढिरहेको देखिएको छ । उहाँका विचार र भिजनलाई सचिवालय, पार्टीको केन्द्रीय कमिटी, जिल्ला स्तरका नेता कार्यकर्ता सबैले हातेमालो गरेर अघि बढेको खण्डमा एमालेलाई कसैले हराउन सक्दैन ।’



प्रतिक्रिया दिनुहोस्