काठमाडौं, २७ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको आजको बैंठकले पनि सिट बाँडफाँटको टुँगो लगाउन सकेन । विहानैदेखि प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले सिट बाँडफाँट टुँगो लगाउन नसकेको हो ।
तर, सत्ता गठबन्धनमा आवद्ध नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भने आज राति अवेरसम्म भएपनि सिट बाँडफाँडको टुँगो लाग्ने बताएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा खनालले भने–‘आज राति अवेरसम्म भएपनि हामी सिट बाँडफाँट टुँगो लगाउँछौं । करिब करिब सहमति भैसकेको छ ।’
यसअघि सिट बाँडफाँट कार्यदलले दिएको प्रतिवेदनको विषयमा शीर्ष नेताहरुबीच छलफल भएको थियो । आजको बैठक सहमतिको नजिक पुगेको भनिएपनि सहमति भने नभएको बैठकमा सहभागी सञ्चारमन्त्रीसमेत रहेका सिट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनकाअनुसार एउटै सिटमा धेरै दलको दाबी छ । file photo