भक्तपुर,३० भदौ । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन । जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ललितले ती महिलालाई गत आइतबार उनकै डेराकोठामा गई जबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।