Logo

निलम्बित प्रधानन्यायाधीश जबरासँग आज पुनः बयान लिइदै



काठमाडौं, भदौ ३१ । संसदीय महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ । बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठकमा जबरासँग सोधपुछ गर्न लागिएको हो ।

बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसायीले समितिलाई जवाफ दिएका थिए । समितिले वरिष्ठ अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो ।

बयानका क्रममा​ अधिवक्ताहरूले आफूहरुमाथि जबराले लगाएको आरोप निराधार रहेको भन्दै खण्डन गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्