Logo

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, सरकारले बेवास्ता गरेको गुनासो



काठमाडौं, ३१ भदौ । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । हाल धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा रहेका डा. केसीको स्वसथ्यमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

केसीको अनशनको आज ५ औं दिन हो । हाल उनको शरिरमा पोष तत्व र पानीको मात्रा कम भई जटिलता बढ्दै गएको छ । केसीको रक्तचाप पनि घट्दै गएको छ ।

केसीको सचिवालयले भने माग पूरा गराउनको लागि सरकारले बेवास्ता गरेको आरोप लगाएको छ ।



प्रतिक्रिया दिनुहोस्