काठमाडौं, १ असोज । संसद्को महाभियोग सिफारिश समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउने निर्णय गरेको छ ।
आज (शनिबार) राति अबेरसम्म बसेको बैठकमा सिफारिस समितिका बहुमत सदस्यले जबरालाई महाभियोग लगाउन सिफारिस गरेका हुन् ।
तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र लोसपाका समिति सदस्यहरुले भने फरक मत लेखेका छन् । महाभियोग पक्षमा रामबहादुर विष्ट, मीन विश्वकर्मा, रेखा शर्मा, यशोदा सुवेदी गुरुङ, कल्याणी खड्का र प्रमोद साह रहेका छन् ।
यस्तै, विपक्षमा विष्णुप्रसाद पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाङ्फे, कृष्णभक्त पोखरेल र इकबाल मियाँ रहेका छन् ।
file photo