Logo

प्राइम टिभीको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको प्रोड्युसरमा थपलिया नियुक्त



काठमाडौं, २ असोज । प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ को प्रोड्युसरमा ऋषि थपलिया नियुक्त भएका छन् । वरिष्ठ पत्रकार ऋषि धमलाले सञ्चालन गर्ने उक्त कार्यक्रमको प्रोड्युसरमा थपलिया नियुक्त भएको टेलिभिजन प्रशासनले जनाएको छ ।

धादिङ स्थायी घर भएका थपलिया विगत एक दशकदेखि पत्रकारितामा सक्रिय छन् । राजनीतिक ब्यूरोमा रिपोर्टिङ गर्दै आएका पत्रकार थपलिया यसअघि हिमालय टेलिभिजनमा कार्यरत थिए ।

उनले कार्यक्रम यक्ष प्रश्नको प्रोड्युसरको जिम्मेवारीमा पनि काम गरे । त्यसअघि थपलियाले नेपाल आवाज म्यागजिन, एशिया सञ्चार, सूत्रन्यूज, क्यानडानेपाल लगायत अनलाइन सञ्चार माध्यममा काम गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्