काठमाडौं, ३ असोज । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूले चालेन्द्र शमशेर जबरालाई हटाउनको लागि कुनै षड्यन्त्र नगरेको स्पष्ट पारेका छन् । उनले आफू प्रधानन्यायाधीश जबरालाई हटाउनको लागि क्याम्पेन गर्ने व्यक्त नभएको जिकिर गरे ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘म चोलेन्द्र शमशेर जबरालाई हटाउनुपर्छ भन्ने मान्छे चाहीँ होईन, चोलेन्द्रले गरेका गल्तीहरुलाई उजागर गर्ने मान्छे चाहीँ हो ।’
उनले जबराविरुद्धको महाभियोग नतुहिएको स्पष्ट पारे । उनले महाभियोग संघीन अपराध भएको सुनाए । उनले समितिले जबरामाथि महाभियोग लगाउनको लागि प्रशस्तै आधार र कारण रहेको जिकिर गरे ।