काठमाडौं, ३ असोज । प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्द सूची बोकेर कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् । कांग्रेसको तर्फबाट समानुपातिक तर्फको बन्द सूची बुझाउन महामन्त्री शर्माको टोली आयोग पुगेको हो ।
निर्वाचन आयोगले आइतबार र सोमबार दुईदिन प्रतिनिधिसभा र प्रदेश सभा तर्फको बन्द सूची बुझाउन समय तोकेको थियो । पहिलो दिन सूची बुझाउन थोरैमात्र दलहरु पुगे पनि दोस्रो दिन प्रमुख राजनीतिक पार्टीसहित अधिकांश पार्टीका नेताहरु सूची बुझाउन आयोग पुगेका हुन् ।
तस्विर : ईश्वर कार्की/रिपोर्टर्स नेपाल डटकम