Logo

भक्तपुरमा बसले किचेर बालकको मृत्यु



भक्तपुर, ७ असोज । भक्तपुरमा बसले किचेर एक शिशुको मृत्यु भएको छ । मध्यपुर ठिमी–१ लोकन्थलीका १७ महिने शिशु सलिन श्रेष्ठको गाडीले किचेर शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार बा ५ ख ७८१७ नम्बरको पानी झार्न रोकेको गाडीभित्र बालक खेल्दै पुगेका थिए । बालक गाडी मुनि पसेको चालकले थाहा नपाएकोले किचिएको जनाइएको छ । उपचारको लागि लगिएका बालकको समिट अस्पतालमा मृत्यु भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्