Logo

प्रधानमन्त्रीलाई दबाब दिन शेखर पक्षको भेला सुरु



काठमाडौं, ७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब बढाउन नेपाली कांग्रेसको शेखर कोइराला पक्ष छलफलमा जुटेको छ ।

चुनावमा आफ्नो पक्षका नेतालाई टिकट दिलाउने विषयमा छलफल गर्न भेला बोलाइएको स्रोतले जनाएको छ ।

आजको भेलामा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पुर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारीलगायत सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्