Logo

प्रचण्डको खुलासा : मलाई अहिलेपनि प्रधानमन्त्री बन्ने अफर छ



चितवन, १० असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री बन्ने रेसमा नरहेको स्पष्ट पारेका छन् । उनले आफ्नो मुख्य ध्यान भनेको भनै लोकतन्त्र र व्यवस्था बलियो बनाउनु रहेको बताएका छन् । आज (सोमबार) चितवनको लमजुङचोकमा आयोजित बृहत्त सांस्कृति कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आफू प्रधानमन्त्री बन्ने रेसमा नभएपनि अहिलेपनि आफूलाई अहिले पनि प्रधानमन्त्रीको अफर आएको खुलासा गरेका छन् । उनले राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण र आर्थिक समृद्धि आफ्नो प्रतिबद्धता भएको र त्यस्तो अफरको पछि नलागेको जिकिर गरे । ०७४ को निर्वाचनपछि पनि पाँच वर्ष नै सरकारको नेतृत्व लिन अफर आएको तर आफूले त्यसलाई स्विकार नगरेको दाहालको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्