Logo

सन्दीप लामिछानेविरुद्ध ईन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी



काठमाडौं, १० असोज । ईन्टरपोलले सन्दीप लामिछानेविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । बलात्कारको आरोप लागेपछि लामिछाने फरार छन् ।

नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले लामिछानेलाई फरारसूचीमा राख्दै डिफ्युजन नोटिस जारी गरेको हो । यो नोटिस जारी भएसँगै अब ईन्टरपोलका सदस्य देशले उनको खोजी गर्नेछन् ।

लामिछानेविरुद्ध गत भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप छ ।

लामिछानेविरुद्ध भदौ २२ गते गौशाला प्रहरीमा जाहेरी परेको थियो ।  प्रहरीले लामिछानेलाई पक्राउ गर्न अदालतबाट अनुमति पनि लिइसकेको छ । file photo



प्रतिक्रिया दिनुहोस्