Logo

अब गठबन्धनलाई हराउनैपर्छः डा. सुन्दरमणि दीक्षित



काठमाडौं, ११ असोज । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सरकारले लामखुट्टे मार्न समेत नसकेको आरोप लगाएका छन् । “घरघरमा डेंगुका बिरामी छन् । सरकारले कम्तीमा लामखुट्टे मार्नका लागि फ्युमिगेसनको व्यवस्था गर्नुपथ्र्यो । जनताको वास्तै गरेन । हामीले कस्तो सरकार पाएछौं ? अब जनताले आफैं आफ्नो उपाय गर्नुपर्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दीक्षितले भने ।
अर्को प्रसंगमा उनले सत्ता गठबन्धनले आफ्नै कार्यकर्तालाई समेत गुमराहमा राखेको आरोप लगाए । डा. दीक्षितले भने, “चुनावमा सामान्य तालमेल गर्न नसकिने होइन । तर गठबन्धनले जनतालाई गुमराहमा राखेको छ । आफ्नै कार्यकर्तालाई ठगेको छ । आफ्नो पार्टीलाई भोट हाल्छु भन्न पनि नपाउने ? अब गठबन्धनलाई हराउनैपर्छ ।” चुनाव हारेका, आसेपासे, परिवारलाई राष्ट्रिय सभा र समानुपातिकमा लगेर त्यसको दुरुपयोग भएको आरोप पनि उनले लगाए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको हितमा काम गरेको पनि डा. दीक्षितले बताए । उनले थपे, “राष्ट्र भएन भने संविधानको के काम ? कटुवाल काण्डमा रामवरण यादवको गल्ती थियो । तर अहिले त नागरिकता विधेयक बिलकुलै गलत छ । नक्कली विवाह गर्नेलाई सक्कली नागरिकता दिन मिल्दैन । राष्ट्रपतिको कदम मुलुकको हितमा छ ।”



प्रतिक्रिया दिनुहोस्