Logo

आज असोज १३ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल



आज असोज १३ गते बिहीबार । तद्नुसार सेप्टेम्बर महिनाको २९ तारिक २०२२ । आश्विनशुक्लपक्ष चतुर्थी, दुर्गापक्षको चौथो दिन आज कुष्माण्डदेवीको पूजा आरधना गर्ने दिन हो ।

दुर्गापक्षमा दुर्गासप्तसति पाठ र देवीका विशेष आरधना गर्ने दिन हो । साधुसन्त, देवीका भक्तहरु नौं दिनसम्म मौन बस्ने र देवीको नामजप साधना गर्ने गर्दछन् ।

आज बिहान सूर्योदय ५ः५६ मा भएको छ भने सूर्यास्त ५ः५३ मा । स्वाती नक्षत्र, विष्कुम्भ योग, चन्द्रमा तुला राशिमा रहेको छ । आजको देवता यमराज र ग्रहदेव शनि रहेको छ । बिहीबारको दिन अध्ययन, अध्यापन र अनुसन्धानको काममा ध्यान दिनु उत्तम हुनेछ । दुर्गापक्षमा देवी माताको नाम स्मरण मात्रले पनि माता प्रसन्न भएर बरदान दिनुहुन्छ भन्ने मान्यता रहेको छ ।

आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
सामाजिक र धार्मिक काममा मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त सम्मानले मनमा हर्ष छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । नयाँ स्थानको यात्रा फलदायी हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आकस्मिक धनलाभ हुनेछ । व्यापार व्यवसायबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । कुनै शुभकार्य गर्दा फलदायी हुनेछ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
धनलाभ र नयाँ नयाँ खबरले मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
कर्कट राशिका जातकलाई यात्राबाट फाइदा पुग्नेछ । आजको दिन सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापार व्यवसायमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले बिहीबार सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी शुभ हुनसक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्री जातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तुला राशिमा जातकका लागि मानसिक असन्तोष र सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
परिवार तथा आफन्तजनको साथ सहयोगले कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिँडिरहेकालाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापार व्यवसायबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ । सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
बिहीबारका दिन मीन राशिमा जातकले सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ ।



प्रतिक्रिया दिनुहोस्