Logo

वर्तमान भू-राजनीतिमा भारतको सामरिक नीति



विपिन देवः कोरोनाको कहरले भू(राजनीतिलाई प्रचूरमात्रामा प्रभावित गरेको देखिन्छ । भू(भण्डलीकरणको विरूद्ध एउटा नयॉ भाष्य तयार भएको छ । अर्थात् संसारका समृद्ध राष्ट्रहरूले संरक्षणवादलाई अगाडि सारेको देखिन्छ । घरेलु वितरण प्रणालीको आडमा संरक्षणवादलाई बढाउ‘दै आन्तरिक बजार व्यवस्थापनमा शक्ति केन्द्रहरू केन्द्रित रहेको छ । साथ(साथै कोरनाको कहरले समृद्ध राष्ट्रहरूको सार्मथ्यलाई समेत चुनौती दिएको छ । विकसित राष्ट्रहरूले कोरनाको प्रकोपबाट आप्mना जनताहरूलाई जोगाउ‘न अपेक्षाकृत सफल भएको देखिदैन । अमेरिका र यूरोप यसका प्रतिनिधि उदाहरणहरू हुन् संरक्षणवादको साथ-साथै कोरनाले विश्व स्वास्थ्य प्रणालीलाई पनि प्रभावित गरेको छ । संसार धुव्रिकृत देखिएको छ । अफ्रिका लगायत विश्वका विभिन्न ठाउ‘मा कोरनाको खोपबाट अघिकांश जनताहरू बन्चित भएका छन् भने अमेरिका, भारत, चीन, जस्ता मुलुकहरूले अधिकांस जनताहरूलाई खोप लगाउ‘न सफल भएका छन् । कोरनाको आगमनका साथ अमेरिकी प्रधानता प्रश्नको घेरामा आएको छ । अर्थात् विश्व स्वास्थ्य संगठनदेखि अन्तर्राष्ट्रिय मुद्रा कोषसम्म अमेरिकी पहुच र पकडलाई चीनको उदयले चुनौती दिएको छ ।

आफ्नो पहु‘चलाई प्रत्यारोपण गर्न अमेरिकाले गठबन्धन र गठजोडको नीतिलाई अगाडि सारेको छ । हिन्दमहासागरीय क्षेत्रमा क्वाड (अष्ट्रेलीया, अमेरिका, जापान, भारत) र अक्स (अमेरिका अष्ट्रेलीया, बेलायत) लाई सक्रियता दिएको छ भने पश्चिम एसियामा आ.ए.टु र यु.टु (अमेरिका, इजरायल, भारत र यु.ए.ई) लाई बढाएको छ । अर्थात् वर्तमान भू(रचजनीति अवस्थालाई सन्तुलन गर्न अमेरिकाले सहयोग, साझेदारी र गठवन्धनलाई अगाडि बढाएको छ । वर्तमान भू(राजनीतिक अवस्था गम्भिर र जटील हु‘दै गएको छ । विश्वको हरेक संवेदनशिल ठाउ‘मा शक्ति केन्द्रहरूको भिडन्त र टकराहट हुने अवस्था देखिएको छ । हिन्दमहासागरीय क्षेत्रको चोक प्वाइन्ट मलाका स्टेटमा भारतीय जलसेनाको मात्र दबदबा थियो । वर्तमान अवस्थामा हिन्दमहासागरको जिवुतीमा चीनको पकड बलियो देखिएको छ । साउथ प्यासिफिकमा पहिले अष्ट्रेलीयाको मात्र पकड थियो । तर वर्तमान परिवेशमा अमेरिका लगायत अरू शक्ति राष्ट्रहरूको सैनिक पहु‘च देखिएको छ । युक्राइनको तटवन्धिय क्षेत्रमा विगत दुई सताब्दीदेखि सोभियत रुस अथवा वर्तमान रसियाको एकल पह‘ुच थियो तर वर्तमान अवस्थामा अमेरिका र यूरोपको पहु‘च अभूतपूर्व रूपले बढेको छ । वर्तमान भू(रानीतिक अवस्थामा हरेक शक्ति केन्द्रको नीति र नियम भन्दा राष्ट्रिय हितलाई उच्च महत्व दिएको छ ।

प्रजातान्त्रिक गठबन्धन र गठजोडको नाममा भारतले अमेरिकासंगको सम्वन्धलाई उच्च महत्व दिदै अगाडि बढेको छ । भारत अमेरिकी व्यापार झण्डै १६० विलियन डलर पुगेको छ । साथ(साथै अमेरिकी धम्कीलाई नजरअन्दाज गर्दै भारतले उर्जाको क्षेत्रमा कारोवार रसियासंग बढाएको देखिन्छ । भारतको आर्थिक विकास दर ७.५ प्रतिशत रहेको छ । यसको प्रमुख कारण मध्ये रसियासंग ३५ प्रतिशत सस्तो दरमा इन्धन खरिद गर्नु हो । यो खरिदले गर्दा भारतले ३५ हजार करोड वचत गरेको देखिन्छ । संसारका धेरै शक्ति केन्द्रहरू रसिया, चीन र अमेरिकासंग आफ्नो राष्ट्रिय स्वार्थको आधारमा कूटनीतिलाई अगाडि सारेको देखिन्छ । साउ‘दी अरेवीया, ट्रकी र इनडोनेशिया भारतकै पदचापलाई अनुसरण गर्दै रसिया र अमेरिका सन्तुलित नीति अपनाएका छन् ।

वर्तमान भू-राजनीतिक अवस्थामा भारतको प्रमुख कूटनीकि चूनौती नै चीनसंगको सम्बन्धलाई व्यवस्थापन गर्नु हो । चीनको आर्थिक आकार झण्डै भारतभन्दा पॉच गुणा बढि देखिएको छ । भर्खरै कोलम्बिया विश्व विद्यालयको एक व्याख्यानमालामा भारतका परराष्ट्र मन्त्री डा. जयशंकरले चीन र भारतको विच आर्थिक खाडलको बारेमा एक विर्मश गरेका छन् । भारतको पर्छौटेपनको तीन कारणहरू डा. जयशंकरले उल्लेख गरेका छन् । भारत स्वतन्त्रत हुन वितिकै विभाजित हुनु एक प्रमुख कारण हो । विभाजनका साथ(साथै जातीवाद र सम्प्रदायीकवादलाई प्रजातान्त्रिक पद्धतीको माध्यमबाट सम्वोधन गर्न भारतको लागि ठुलो चूनौती रह‘दै आएको छ ।

भारतले न्यूकिलियर क्षेत्रमा समयमा काम नगर्नुलाई डा. जयशंकरले एतेहासिक भुल भनेका छन् । सन् १९७४ देखि सन् १९९८ सम्म न्यूकिलियर प्रविधि विकासको लागि लामो प्रयास र गनथन गरेर भारतले पाकिस्तानलाई उक्त प्रविधि विकास गर्न प्रश्रय दिएको डा. जयशंकरको ठहर रहेको छ । भारतको तेस्रो कमजोरी भनेको आर्थिक उदारीकरणको युगमा ढिलो प्रवेश गर्नु हो । चीनले आर्थिक उदारवादको अवधारणा सत्तरीको दशकमा लागु गरेका थिए भने भारतले ९० को दशकमा गरेका छन् । तर वर्तमान अवस्थामा चीनभन्दा भारतको विकास दर दोब्वर देखिएको छ । प्रजातान्त्रिक पद्धतीको शासन व्यवस्थामा दायित्व वोध अधिक हुने गरेको छ । यस अर्थमा कोरनाको कहरमा अफ्रिका, अफगानीस्तान लगायत विश्वका विभिन्न कुनामा खाद्य र औषधी उपलब्ध गराएर भारतले आप्mनो दायित्व निर्वाह गरेको छ । भौगोलिक हिसाबले हिन्द महासागरको केन्द्रमा हुनु, संसारको सबभन्दा प्रजातान्त्रिक देश हुनु, जी टेउन्टी र संघाई सहयोग संगठनको नेतृत्वको सार्मथ्य राख्नु जस्ता परिघटनाले भारतीय कूटनीतिले विश्व सामरिक उत्तार चढावलाई प्रभावित गरेको देखिन्छ । वर्तमान भू(राजनीति पेचिलो र कठिन भइरहेको अवस्थमा भारतले सम्यक दृष्टिकोणबाट कूटनीतिलाई परिचालित गर्नु पर्दछ ।



प्रतिक्रिया दिनुहोस्