Logo

विनोद चौधरीको यस्तो क्रेज, प्रत्यक्ष चुनाव लड्न नवलपुरका जनताको ठूलो दबाब



काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नेपालका एकमात्र डलर अर्वपति विनोद चौधरी आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि प्रत्यक्ष लड्ने तयारीमा जुटेका छन् । चौधरीले चुनाव लड्ने तयारी गर्नुमा जनताको दबाब पनि हो ।

हुन त चुनावी माहोल सुरु नहुँदै चौधरीले आफू अब ‘ब्यकडोरबाट राजनीति’ नगर्ने भन्दै प्रत्यक्षमा चुनाव लड्ने घोषणा गरेका थिए । ०७४ मा उनी कांग्रेसको समानुपातिक सांसद बनेका थिए । तर, यसपटक भने आफू समानुपातिकमा नबस्ने उनको घोषणा छ । चौधरीको नाम नवलपुर–१ र २ दुवैबाट सिफारिश भएको छ । नवलपुर–१ डा. शशांक कोइरालाले जितेको क्षेत्र हो । यसपटकपनि उनी नै चुनाव लड्ने चर्चा छ । तर, चौधरी र कोइरालाबीच सुरुवातदेखि नै राम्रो दोस्ती छ ।

गत मंसिरमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा चौधरीले वडाबाटै चुनाव लडेका थिए । चौधरीको मुख्य प्राथमिकतामा भनेको नै युवाहरुलाई गरिखाने बनाउने हो । यसको अलावा उनले शिक्षा र स्वास्थ्यलाई आफ्नो प्राथमिकताको क्षेत्रमा राखेका छन् ।

आगामी निर्वाचनमा उनलाई प्रतिनिधि सभातर्फ उम्मेदवार हुनका लागि नवलपरासी र नवलपुरबाट त्यहाँको क्षेत्रीय समितिले नाम सिफारिस गरेको छ। तर, चौधरीले भने पार्टीले जहाँ उम्मेदवार बनाउँछ आफू त्यहीँबाट उठ्ने बताएका छन् ।

अहिले चौधरीलाई चुनाव लड्नको लागि दुवै क्षेत्रका जनताले घरमा धर्नाजस्तो दिन थालेका छन् । चौधरीले सो क्षेत्रबाट चुनाव जिते त्यहाँको विकास हुने जनतामा ठूलो विश्वास छ । चौधरीले पनि आफू जनतासँग जोडिन चाहेको बताउँदै आएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्