काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका शीर्ष नेताहरु उम्मेदवार चयनको गृहकार्यमा जुटेका छन् । समानुपातिकतर्फको बन्दसूचीमा सहमति कायम गरेसँगै सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहका शीर्ष नेताहरु आजबाट प्रत्यक्षतर्फका उम्मेदवार चयनको गृहकार्यमा जुट्ने भएका छन् ।
अहिले केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुने बताईएको छ । छलफलमा सभापति देउवासँगै नेताहरु शेखर कोइराला, महामन्त्री गगनकुमार थापालगायतका नेताहरु सहभागी हुने जनाईएको छ ।
कांग्रेसले सत्ता गठबन्धनमा ८६ सिट राख्ने सहमति भएको छ । सोहीअनुसार सहमतिमा उम्मेदवार छनौट गरिने भएको छ । आज उम्मेदवारको मापदण्डपनि तय गर्ने र नाममा सहमति गरिने भएको हो । file photo