काठमाडौं, २२ असोज । नेकपा (एमाले) ले राप्रपालाई आगामी निर्वाचनको लागि प्रतिनिधिसभाको निर्वाचनमा जम्मा तीन सिटमा मात्रै सघाउने भएको छ । एमालेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरु धवलशमशेर जबरा र दीपक बोहरालाई मात्रै सघाउने भएको छ ।
यसअघि राप्रपा र एमालेबीच १० सिटमा तालमेल गर्नेगरि सहमतिको प्रयास गरिएको थियो । तर, अन्तिममा एमालेले जसपासँग चुनावी तालमेल गरेपछि राप्रपासँगको सिट बाँडफाँटको सहमति हुन नसकेको जनाईएको छ ।
एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पनि सघाउने भएको छ । थापा एमालेको सूर्य चिन्हबाट लड्ने भएका छन् । उनी मकवानपुर १ बाट चुनाव लड्दैछन् । file photo