Logo

काठमाडौंमा पाएको तीन सिटमा माओवादीले महिलालाई अघि सार्यो : ओनसरी, मानुषी र कल्पना चुनाव लड्ने



काठमाडौं, २३ असोज । नेकपा (माओवादी केन्द्र) ले काठमाडौंमा पाएको-३ सिटमा महिलालाई उम्मेदवार बनाएको छ । काठमाडौं २ मा माओवादीले पूर्व सभामुख ओनसरी घर्तीमगर, काठमाडौं-७ मा मानुषी यमी भट्टराई र काठमाडौं-९ मा कल्पना धमला चुनाव लड्ने भएका छन् ।

पार्टीले तीनै जना महिला उम्मेदवार अघि सारेको छ। मानुषी भने नेपाल समाजवादी पार्टीकी नेतृ हुन् । सो पार्टीले माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लड्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनका साझा उम्मेदवार भएकोले यी तीनै जनाले चुनाव जित्नसक्ने चर्चा चल्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्